दफा
स्वास्थ्य संस्थाको नाम सूचीकरण गराउनु पर्ने

(१) प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउन चाहेमा सूचीमा आफ्नो नाम सूचीकृत गराउनु पर्नेछ ।
(२) सूचीमा नाम सूचीकृत गराउन चाहने स्वास्थ्य संस्थाको अधिकार प्राप्त व्यक्तिले विभागले तोकेको सूचीकरण शुल्क सहित अनुसूची–४ बमोजिमको ढाँचामा सम्बद्ध अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा सम्बद्ध अधिकारीले सात कार्यदिन भित्र अनुसूची–५ बमोजिमको ढाँचामा खडा गरिएको सूचीमा सूचीकृत गरी अनुसूची–६ बमोजिमको ढाँचामा सूचीकृत प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको सूचीकृत प्रमाणपत्रको अवधि पाँच वर्षको हुनेछ ।
(५) प्रत्येक स्वास्थ्य संस्थाले प्राप्त गरेको सूचीकृत प्रमाणपत्र कार्यालयमा सबैले देख्ने स्थानमा टाँस्नु पर्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विभागले सरकारी अस्पताल वा स्वास्थ्य संस्थाको नाम सूचीमा सूचीकृत गर्न सक्नेछ र त्यसरी सूचीकृत गरेको सूचनाको जानकारी सम्बन्धित सरकारी अस्पताल वा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने छ ।